इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
मङ्गलबार, २० फागुन २०८१, ०४ : ४२
काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा युभेन्ट्सले हेलस भेरोनाविरुद्ध २-० को सहज जित निकालेको हो ।
युभेन्ट्सलाई जिताउन मध्यपंक्तिका खेफ्रेन थुरम र टुन कुपमिनर्सले एक-एक गोल गरे । यी दुबै गोल होस्रो हाफ पछि भएका हुन् । पहिलो हाफमा पाहुना टोलीका टोमस सुस्लोभले गरेको प्रहारलाई भीएआरले मान्यता दिएन ।
यो जितसँगै युभेन्ट्स अंक तालिकाको चौथो स्थानमा कायम छ । उसको २७ खेलबाट ५२ अंक छ । शीर्ष स्थानको इन्टर मिलानको समान खेलबाट ५८ र दोस्रो स्थानको नापोलीको ५७ तथा तेस्रो स्थानको एटलान्टाको ५५ अंक छ । यो सँगै २७ औं चरणका खेल पूरा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण