मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
जनकपुर । मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । आफ्नै बेडमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
घटना बिहान ७ बजेको भएको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रवक्ता सिंहका अनुसार मृतक यादवको कोठामा जाँदा उनले बान्ता गरेको समेत पाइएको छ ।
अहिलेसम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले हिजो आफ्नो घर परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।
प्रहरीका अनुसार कुराकानी गर्दा यादवले आफूलाई सन्चो नभएको जानकारी गराएका थिए । उनले सहकर्मीहरूलाई अस्वस्थ रहेको समेत बताएका थिए ।
मृतक यादवको शव बिहानै पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारणबारे यथेष्ट जानकारी आउने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिंह बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण