रिंकु सदा घटनाका मुख्य आरोपी पक्राउ
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । सिरहा प्रहरीले २१ दिन पछाडि मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरेको हो ।
बुधबार सिरहाबाट मुख्य आरोपी मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए । गएको ३० माघमा रिंकु मृत भेटिएकी थिइन् । पासवानका अनुसार रिंकु मृत भेटिएपछि मण्डल फरार भएका थिए ।
मृत्युअघि उनी शौच गर्न जाँदा चारजना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले मण्डलसहितका विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
सप्तरी प्रहरीका अनुसार लुकिछिपी बस्दै आएको सूचनाको आधारमा सिरहा नगरपालिका वडा नम्बर–१७ बाट मण्डलाई पक्राउ गरिएको हो । यसअघि भने यो घटनामा पञ्चायतीमा सहभागी भएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण