पत्रकारहरूको प्रेस पास निलम्बनको विरोध
काठमाडौँ । संघीय संसद सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको प्रेस पास एक महिनाका लागि निलम्बन गरेकोप्रति अनलाइन टिभी पत्रकार संघले विरोध गरेको छ ।
संसद सचिवालय जस्तो निकायबाट यस्तो अलोकतान्त्रिक र गलत कार्य हुनु थप चिन्ताको विषय भएको सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघका महासचिव पवन फुयालद्वारा जारी विज्ञप्तिमा संसद सचिवालयको यो कदम प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गरिएको छ।
“प्रश्न सोध्न पाउनु लोकतन्त्रको आधारभूत अधिकार हो। प्रश्नहरू कठोर, तीतो वा असह्य हुनसक्छन । प्रश्नहरूलाई निषेध गर्ने प्रवृत्ति तानाशाहीको संकेत हो,” विज्ञप्तिमा भनिएको छ।
संघले संसद सचिवालयको निर्णयलाई तत्काल फिर्ता लिन जोडदार माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष जीवन भण्डारीले सरकारको प्रभावमा परेर संसद सचिवालयले गरेको निर्णयले नै सरकार तानाशाही हुँदै गरेको र हिटलर पथमा लागेको टिप्पणी गरे ।
_J94vXNVNOq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण