मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
जनकपुर । मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ ।
विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा महतो र ठाकुरलाई निलम्बन गरिएको शिक्षामन्त्री तिवारीले बताइन् ।
प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण