नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा
वीरगञ्ज । नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो ।
खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धेकेलिएको थियो । ट्राइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो । नेपाल पुलिस क्लब आगामी फागुन २४ गते फाइनल खेल खेल्दैछ । नेपाल पुलिस क्लब गत वर्षको वीरगञ्ज गोल्डकपको विजेता टोली पनि हो ।
यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण