नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से साताको अन्तिम दिन बिहीबार २.७० अंकले घटेको हो । योसँगै बजार परिसूचक २८१८.४३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा ९९ कम्पनीको मूल्य बढेको छ । १३२ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज भुगोल इनर्जी र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । नबिल बैंक डिबेञ्चरमा मूल्य सबैभन्दा धेरैले घटेको छ ।
बजारमा डेभलपमेन्ट बैंकसहित चार समूहको सूचक बढेको छ । बाँकी ९ समूहको सूचक घटेका छन् । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन् । आज पनि दुवै कम्पनीको कारोबार रकम १ अर्ब भन्दा माथि रहेको छ । कारोबार सङ्ख्याका आधारमा भने आज गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण