राजा भोटको राजनीति भन्दा धेरै माथि, चुनाव लड्न हामी काफी छौँ : अध्यक्ष लिङ्देन
पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए ।
उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् ।
सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए । अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उनको भनाई थियो ।
शनिबार वीरगन्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’
अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए । अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको उनले जिकिर गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरू आफ्नो पार्टीको रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण