पदोन्नतिको विषयमा झगडा परेपछि महिलाले सहकर्मीको पानीको बोतलमा हालिन् विष
रियो द जेनरियो । ब्राजिलमा एक जना महिलाले आफ्नो सहकर्मीको पानी पिउने बोतलमा विष हालिदिएकी छिन् । यो घटना गएको महिना गोइयानिया महानगर क्षेत्रको आबादिया दे गाइयासमा रहेको एक टेक्सटाइल कारखानामा भएको हो ।
प्रहरीका अनुसार सहकर्मीको पानीको बोतलमा केही चिज हालिरहेको अवस्थामा ३८ वर्षकी सन्दिग्ध सीसीटीभी फुटेजमा देखिएको र उक्त पेय पिएपछि सहकर्मीको घाँटी भत्भती पोल्न थालेको प्रहरीले बताएको छ ।
बोतल जाँच्ने क्रममा पानीमा ‘पोटेन्ट सल्भेन्ट’ उच्च मात्रामा भेटियो । ती दुवै महिला कुनै समय मिल्ने साथी थिए । तर पीडितले पदोन्नति पाएपछि दुवैको सम्बन्ध बिग्रियो । पछिल्लो समय दुवै जना जतिबेला पनि झगडा गरिरहेको देखिन्थे ।
घटना हुनु भन्दा अगाडि सन्दिग्ध कम्पनीमा केमिकल प्रडक्टहरू राख्ने गरिएको क्षेत्रमा घुसेको बताइएको छ । सो क्षेत्रमा जान उनलाई अनुमति थिएन । उनले सल्भेन्ट त्यहीबाट लिएको हुन सक्ने बताइएको छ ।
बोतलबाट पानी मुखमा हाल्ने बित्तिकै शङ्का लागेपछि पीडितले एम्बुलेन्सलाई फोन गरेकी थिइन् । तत्कालै उनलाई अस्पताल लगियो र उपचार पनि भयो । धेरै पानी पिएको भए सल्भेन्टका कारण महिलाको मृत्यु पनि हुन सक्थ्यो भनेर डाक्टरले भनेका थिए ।
सीसीटीभी क्यामराको फुटेज हेरेपछि प्रहरीले सन्दिग्ध महिलालाई फेब्रुअरी २७ मा पक्राउ गरेका थिए । झगडा परेपछि सहकर्मीको पानीको बोतलमा सल्भेन्ट मिसाएको संदिग्धले केरकारका क्रममा स्वीकार पनि गरिन् । सन्दिग्धमाथि जघन्य हत्याको प्रयास गरेको भन्दै अभियोग चलाइनेछ । यो आरोप प्रमाणित भयो भने ६ देखि २० वर्षको जेल सजाय दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण