नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउने बजेट नागरिकले महसुस गर्ने गरी विकासको खाकासहित आउने बताएका छन् । भोजपुरको सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले अबको बजेटमा स्रोत सुनिश्चित भएका योजना समेटेर ल्याउने तयारी भइरहेको जानकारी दिए ।
सिंहले भने– ‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरी,नागरिकले महसुस गर्ने गरी विकास निर्माणको काम गर्ने गरी सरकार अघि बढिरहेको छ । अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन सकिन्छ ।’
उपप्रधानमन्त्री सिंहले सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रुपमा अघि बढाइरहेको बताए । सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका काम गर्न बनेको उनको भनाइ थियो । सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशीलता अपरिहार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण