मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
मङ्गलबार, २७ फागुन २०८१, १३ : ४७
जनकपुर । मधेस सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।
मधेस प्रहरीका अनुसार हिजो उनको पेट र छाती दुख्न थालेपछि उनलाई पहिला स्थानीय अस्पताल गोदावरीमा भर्ना गरिएको थियो । तर त्यहाँबाट थप उपचारको लागि रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।
विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए । सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण