कार्यक्रमस्थलमै राप्रपाले जलायो प्रचण्डको फोटो (भिडियोसहित)
काठमाडौँ । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको छ । शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता निराजन बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् । कार्यक्रममा बोल्ने क्रममा खल्तीबाट प्रचण्डको फोटो निकालेर उनले भने, ‘तपाईंहरुले यो मान्छे त चिन्नुहुन्छ होला नि ? यो तस्बिर चिन्नुहुन्छ होइन ?’
त्यसपछि उनले सबैलाई गणतन्त्र मुर्दावाद भन्न आग्रह गर्दै आगो सल्काएर प्रचण्डको फोटो जलाए । उनले त्यसपछि प्रचण्डको कडा आलोचना गरेका थिए ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिपछि राजावादी दल राप्रपाले विरोध गरेको छ । सो अभिव्यक्तिलगत्तै शुक्रबार नै प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डको आलोचना गरेकामा महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवल शम्शेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकपनि यस्तो अभिव्यक्ति सच्याउन चेतावनी दिएको छ ।
निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्र्सना गर्दछ ।’
‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ, ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण