वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै चलाउन आग्रह गरेको छ ।
वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी रुपमा टाँगा चलाउँदा सवारी दुर्घटना र सडकमा मलमुत्रको दुर्गन्ध फैलिने भएकाले व्यवस्थित गर्न खोजिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले वीरगञ्जमा चल्ने टाँगालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न जनचेतना मूलुक अभियान सुरुआत गरेको जानकारी दिए ।
आइतबार ट्राफिक प्रहरी, वीरगञ्ज महानगरका प्रतिनिधि, प्रहरीचौकी इनर्वा र ग्रीनसिटि सामुदायिक सेवा केन्द्रको अगुवाईमा टाँगा चालकलाई अभिमुखीकरण गर्दै अबदेखि टाँगालाई मितेरीपुल, रजत जयन्तीचोक, बाइपास सडक हुँदै नयाँ बसपार्कको रुटमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ । घोडाको मलमुत्र व्यवस्थापन गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक भट्टले उल्लेख गरे । यसबाट घोडाको मलमुत्रबाट हुने दुर्गन्धमा कमी ल्याउन सकिनेछ ।
टाँगा चलाउन सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुको मुख्य रोजाईमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शंकराचार्यगेट नजिकै मितेरीपुलमा रोकिने भए पनि टाँगा भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाईमा टाँगा पर्ने गर्छ । भारतीय टाँगा पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन । वीरगञ्ज आसपासमा भारतीय टाँगासहित करिव १५० देखि २०० को हाराहारीमा टाँगा रहेका छन् ।
ट्राफिक प्रहरी कार्यालयले दसैँ लगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आएका थिए । ट्राफिक प्रहरीले पछिल्लो समय घण्टाघर चोक र अन्य सडक खण्डमा सवारीसाधन चलाएमा नियन्त्रणमा लिन थालिएको छ । प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले टाँगा नचलाउन अनुरोध गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण