प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको दाबी गरेका छन् । सोमबार काठमाडौँमा जसपाका नेता राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले माओवादी वर्तमान सकारमा जाने हल्ला निराधार भएको जिकिर गरेका हुन् ।
‘कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइराखेको चर्चा भइराखेको छ । सामाजिक सञ्जाल, साथीभाइहरूले फोन मार्फत चासो राखेका छन् । आज म यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ । देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्ने हाम्रो विचार हामी दिन्छौँ । तर यही सरकारमा गएर हामी सामेल हुने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार सबै भ्रम हो’, उनले भने ।
सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको उनले जिकिर गरे । यद्यपि टीआरसी, बेपत्तासम्बन्धी विषयमा छलफल भइरहेको उनले स्पष्ट पारे । यो पटक सरकार बनाउनेबारे बिल्कुल नभएको प्रस्टीकरण दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण