हमासकाे कब्जामा रहेकाहरूको ‘हत्या रोक्न’ इजरायली प्रधानमन्त्रीसमक्ष परिवारकाे आग्रह
जेरुसेलम । इजरायलले जनवरीको युद्धविरामपछि गाजा क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि हमासको कब्जामा रहेका बन्धकका परिवारहरुले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।
बन्धकका परिवारले मंगलबार प्रधानमन्त्री, रक्षामन्त्री र वार्ता टोलीका प्रमुखसँग बैठकको भाग गर्दै बन्धकहरुलाई सैन्य दवावबाट कसरी जोगाउने र उनीहरुलाई कसरी फिर्ता ल्याउने विषयमा जानकारी दिन माग गरेका छन् । साथै बन्धक तथा वेपत्ता परिवार मञ्चले बन्धकहरुको हत्या र वेपत्ता हुनेक्रम रोकेर पहिले सबैलाई फिर्ता ल्याएपछि बाँकी कुरा गर्न माग गरेका छन् ।
त्यसैगरी बन्धकका परिवारले मंगलबारपछि जेरुसेलममा प्रधानमन्त्री नेतन्याहुको कार्यालय बाहिर विरोध प्रदर्शनको आह्वान गरेका छन् । इजरायलले जनवरी १९ मा युद्धविराम सुरु भएयता सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरू फिर्ता नहुँदासम्म गाजामा आक्रमण जारी राख्ने प्रतिज्ञा गरेको छ । “बन्धकका परिवारले आफ्ना प्रियजनहरूको भाग्यका लागि जिम्मेवार सरकारी अधिकारीसँग बैठकका लागि याचना गरिरहेका छन् ।
हमासले २०२३ अक्टोबरको आक्रमणमा पक्राउ गरिएका दुई सय ५१ बन्धकमध्ये ५८ जना अझै पनि गाजामा राखेको छ । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण