अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
काठमाडौँ । नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण भएको छ।
सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार सङ्घका रूपमा अगाडि बढ्नेछन्। यस एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेसागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको सङ्घका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।
डिजिटल मिडिया पत्रकार सङ्घका सदस्यहरू अब अनलाइन टिभी पत्रकार सङ्घका नियमित सदस्य बन्ने भएका छन् भने डिजिटल मिडिया पत्रकार सङ्घ बन्द गरिने भएको छ।
एकीकृत सङ्घको नेतृत्वका लागि आगामी अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
अनलाइन टिभी पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मी र डिजिटल मिडिया पत्रकार सङ्घका उपाध्यक्ष भोजराज थापाले हस्ताक्षर गरेको सम्झौता पत्रमा डिजिटल मिडिया पत्रकार सङ्घको सबै दायित्व, प्रशासनिक जिम्मेवारी, तथा आर्थिक हिसाब–किताब त्यही सङ्घले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
दुवै संस्था एकीकरणमा आएको निर्णयले नेपालको अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। एकताबद्ध भई काम गर्दा पत्रकारहरूको हकहित प्रवर्द्धन, पेसागत मर्यादा संरक्षण, र अनलाइन पत्रकारिताको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको सङ्घका उपाध्यक्ष कुशलभ केसीले बताए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण