स्पेनिस गोलरक्षक वालिद धनगढी एफसीमा आबद्ध
काठमाडौँ । फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा स्पेनिस गोलरक्षक वालिद बिरोउलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।
वालिद निकै अनुभवी गोलरक्षक हुन् । गोलरक्षक वालिदले गत सिजन फिलिपिन्सको लिग खेलेका थिए । आफ्नो टोली काया एफसीलाई फिलिपिनो लिगको उपाधि चुमाउन उनको महत्त्वपूर्ण योगदान रहेको थियो ।
यसका अतिरिक्त वालिदले जिब्राल्टरको पहिलो श्रेणीको लिग तथा आइसल्यान्ड र मोरक्कोको दोस्रो श्रेणीको लिगसमेत खेलिसकेका छन् । धनगढी फुटबल क्लबले वालिदलाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा आबद्ध गरेको हो ।
यसअघि धनगढी एफसीले मोरक्कोका मिडफिल्डर मोहम्मद अल जाउआनी, नाइजेरियाका आफिज ओलोवाले र लेबनानका स्ट्राइकर अहमद हिजाजीलाई अनुबन्ध गरिसकेको छ । ओलोवाले र हिजाजीले अघिल्लो सिजन पनि धनगढी एफसीबाटै खेलेका थिए ।
क्रितिशरत्न छुन्जु धनगढी एफसीका मार्की प्लेयर हुन् । धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, रोहन खडकी, अमृत श्रेष्ठ, हरिषराज भट्ट, सन्तोष महत र अशोक खवास खेलाडीका रूपमा आबद्ध छन् ।
धनगढीले स्पेनका हुवाँ म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यूईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशमासमेत विभिन्न टोलीलाई प्रशिक्षण गराइसकेका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढी एफसीका सद्भावना दूत हुन् । धनगढी एफसी एनएसएलको साविक उपविजेता हो । एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण