ललितपुर सिटीको जर्सी सार्वजनिक
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो संस्करणका लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् । क्लबको दुई जर्सी सार्वजनिक गरिएको हो । एउटा रातो/कालो छ भने अर्को जर्सी सेतो/रातो रङको रहेको छ ।
क्लबको जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ । जर्सी अनावरण कार्यक्रममा मेयर चिरीबाबुले क्लबको जर्सी सार्वजनिक गर्न पाउँदै निकै खुसी लागेको बताए । उनले तेस्रो संस्करणको उपाधि जित्न पनि ललितपुर एफसीलाई अग्रिम शुभकामना दिए ।
दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्दा आफूले टोलीका सम्पूर्ण सदस्यलाई नेवारी भोज खुवाएको स्मरण गर्दै यसपटक पनि आफूले त्यस्तै अवसर पाउने विश्वास व्यक्त गरे । उनले महानगरले फुटबल क्लबहरुलाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले फेरि एनएसएल जितेमा यसपटक अझ ठुलो सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो । इङ्ल्यान्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्वडिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो । उक्त जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो र हरेक बिडमा पाँच हजार थपिँदै गएको थियो ।
धेरैले उक्त जर्सी लिन चाहेका थिए र अन्तिममा सरोज कार्कीले एक लाख १५ हजार रुपैयाँमा उक्त जर्सी खरिद गरे । उनले आफू पहिलादेखि नै म्यानचेस्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको बताए ।
ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन् । ललितपुर सिटी एफसीले चैत १६ गते उद्घाटन खेल खेल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर एफसीले काठमाडौँ रेजर्स एफसीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण