कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गर्नुपर्ने बताएका छन् ।
नगर विकास कोषले मंगलबार काठमाडौँमा आयोजना गरेको सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशालामा देशभरका महानगरपालिका, उपमहानगर र नगरपालिकाका प्रमुखहरू सहभागी थिए ।
उक्त क्रममा सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाहरूको भौतिक पूर्वाधार विकासमा कस्तो कार्यक्रम उपयुक्त हुन्छ भन्ने विषयमा पनि कार्यशाला उपयोगी हुने बताए ।
संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबिच सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो । सहरीकरणका लागि अहिले देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै अहिले सरकारको प्राथमिकतामा रहेको बताए ।
कार्यशालामा नगर प्रमुखहरूले अहिले भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती