कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गर्नुपर्ने बताएका छन् ।
नगर विकास कोषले मंगलबार काठमाडौँमा आयोजना गरेको सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशालामा देशभरका महानगरपालिका, उपमहानगर र नगरपालिकाका प्रमुखहरू सहभागी थिए ।
उक्त क्रममा सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाहरूको भौतिक पूर्वाधार विकासमा कस्तो कार्यक्रम उपयुक्त हुन्छ भन्ने विषयमा पनि कार्यशाला उपयोगी हुने बताए ।
संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबिच सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो । सहरीकरणका लागि अहिले देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै अहिले सरकारको प्राथमिकतामा रहेको बताए ।
कार्यशालामा नगर प्रमुखहरूले अहिले भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण