बूढानीलकण्ठ फाइट नाइट हुने
काठमाडौँ । बूढानीलकण्ठ हात्तीगौडा स्पोर्ट्स कमिटीको आयोजनामा बूढानीलकण्ठ फाइट नाइट वैशाख २० गते हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १० तौल समूहमा नेपालसहित ३ राष्ट्रका २० खेलाडी ‘वान भर्सेस वन’ फर्म्याटमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष निलम अधिकारीले जनाएका छन् । नेपालबाट सर्वाधिक १३ खेलाडी सहभागी हुने छन् । भारतबाट ६ र थाइल्यान्डबाट १ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा ७ र महिलामा ३ स्पर्धामा भिडन्त हुनेछ ।
गलाक द लाइफ स्टाइलको व्यवस्थापनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरू हात्तीगौडामा हुनेछ ।
नेपालमा पनि मुवाँथाईं खेललाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण