आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूसँग भेट गरेकी छन् । नेपाल शिक्षक महासंघले सातदिनदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन बस्दै आएको छ ।
अनशनस्थलमै पुगेर मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट गरेकी हुन् । भेटघाटमा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा भएको र चाँडो यसलाई टुङ्ग्याउन आफू सक्रिय रहेको बताएकी थिइन् । तर, जवाफमा शिक्षकहरूले ऐन जारी भएर एक थान ऐन लगेर जाने र त्यतिन्जेल आन्दोलन नरोकिने बताएका थिए ।
विधेयक यतिबेला दफावार छलफलको क्रममा छ । त्यसका लागि समितिले उपसमिति गठन गरेको छ । उपसमितिलाई ३५ दिनको समय दिएको छ । ३५ दिनभित्रमा विधेयकमा देखिएका विवादित विषयमा छलफल गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।
विगतमा सरकारले आफूहरूसँग सहमतिको कार्यान्वयनसहित यथाशीध्र ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलन गर्दै आएका हुन् । उनीहरूले एक थान विद्यालय शिक्षा ऐन लगेर मात्रै फर्किने बताउँदै आएका छन् ।
शिक्षकहरूले चैत २० गतेपछि देशभरका ४ लाख शिक्षक र कर्मचारी काठमाडौँ आएर सडक आन्दोलनको तयारीमा जुटेका छन् । उनीहरूले उक्त आन्दोलन ऐन जारी नभएसम्म यथावत् रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन