आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनरत शिक्षकहरूसँग भेट गरेकी छन् । नेपाल शिक्षक महासंघले सातदिनदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन बस्दै आएको छ ।
अनशनस्थलमै पुगेर मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट गरेकी हुन् । भेटघाटमा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा भएको र चाँडो यसलाई टुङ्ग्याउन आफू सक्रिय रहेको बताएकी थिइन् । तर, जवाफमा शिक्षकहरूले ऐन जारी भएर एक थान ऐन लगेर जाने र त्यतिन्जेल आन्दोलन नरोकिने बताएका थिए ।
विधेयक यतिबेला दफावार छलफलको क्रममा छ । त्यसका लागि समितिले उपसमिति गठन गरेको छ । उपसमितिलाई ३५ दिनको समय दिएको छ । ३५ दिनभित्रमा विधेयकमा देखिएका विवादित विषयमा छलफल गरेर प्रतिवेदन पेस गर्न भनिएको छ ।
विगतमा सरकारले आफूहरूसँग सहमतिको कार्यान्वयनसहित यथाशीध्र ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलन गर्दै आएका हुन् । उनीहरूले एक थान विद्यालय शिक्षा ऐन लगेर मात्रै फर्किने बताउँदै आएका छन् ।
शिक्षकहरूले चैत २० गतेपछि देशभरका ४ लाख शिक्षक र कर्मचारी काठमाडौँ आएर सडक आन्दोलनको तयारीमा जुटेका छन् । उनीहरूले उक्त आन्दोलन ऐन जारी नभएसम्म यथावत् रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण