जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
बनेपा । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् ।
बनेपा नगरपालिकाको ४४ औँ स्थापना दिवसको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए ।
‘संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,’ उपप्रधानमन्त्री सिंहले भने । उनले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए । अहिलेको परिवर्तन उस्सै प्राप्त नभएको र जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए ।
उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए । उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण