ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
काठमाडौँ । शनिबारदेखि सुरु हुने बहुप्रतिक्षित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सहभागी क्लबमध्येको एक ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रूपमा साथ दिने भएको छ ।
एनसेल र ललितपुर सिटी एफसीबिच यस विषयमा सम्झौता भएको छ । ललितपुर सिटी एफसीले एनएसएलको तेस्रो संस्करणमा आफ्नो पहिलो खेल शनिबार साँझ १८ः०० बजे काठमाडौँ रेजर्स एफसीसँग खेल्दै छ ।
यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गरेको क्लबले जनाएको छ । यो सिजनमा ललितपुर सिटीबाहेक काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवनले एनएसएलमा सहभागिता जनाएका छन् ।
‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्छ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौँ,’ एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भनेका छन् ।
एनएसएलको तेस्रो संस्करण आगामी वैशाख १३ गतेसम्म चल्नेछ । एनसेल एनएसएलको तेस्रो संस्करणको प्रमुख प्रायोजक पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण