३१ लाख प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ
पर्सा । नेपालमा प्रतिबन्धित भारतीय नोटसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा ३१ लाख ८० हजार प्रतिबन्धित भारतीय नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैयाका चितरंजन प्रसाद र भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरी छन् । मंगलबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरीले शरीरका विभिन्न भागहरूमा फिटिंङ गरी लुकाई राखेको २७ लाख ८० हजार र सोही मोटरसाइकल पछाडी सवार कलैयाका चितरंजन प्रसादको शरीरबाट ४ लाख बरामद गरेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए ।
भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुलचोक ललितपुर पठाउने तयारी भईरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण