३१ लाख प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ

पर्सा । नेपालमा प्रतिबन्धित भारतीय नोटसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट बिरगंज तर्फ आईरहेको ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा ३१ लाख ८० हजार प्रतिबन्धित भारतीय नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैयाका चितरंजन प्रसाद र भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरी छन् । मंगलबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
भारत विहार जिल्ला पुर्वी चम्पारणका रोहित केशरीले शरीरका विभिन्न भागहरूमा फिटिंङ गरी लुकाई राखेको २७ लाख ८० हजार र सोही मोटरसाइकल पछाडी सवार कलैयाका चितरंजन प्रसादको शरीरबाट ४ लाख बरामद गरेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए ।
भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुलचोक ललितपुर पठाउने तयारी भईरहेका प्रहरीले जनाएको छ ।