विश्वविद्यालयहरूमा प्रदर्शन गरिरहेका विदेशी विद्यार्थीलाई देश छोड्न अमेरिकाको आदेश
आइतबार, १७ चैत २०८१, १२ : ११
वासिङ्टन डीसी । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका सयौँ विदेशी विद्यार्थीहरूलाई इमेल पठाएको छ । यी इमेलहरूमा विद्यार्थीहरूलाई आफैँ अमेरिका छोड्न अर्थात् स्व–निर्वासित हुन भनिएको छ ।
सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि यस्तै इमेलहरू पठाइएको छ ।
यसअघि मार्च २७ मा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले राष्ट्रविरोधी गतिविधिमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेका थिए । अहिलेसम्म ३०० जना यस्ता विद्यार्थीमाथि कारबाही भइसकेको छ ।
विदेश मन्त्रालयले एआई एप क्याच एण्ड रिभोक पनि सुरु गरेको छ । यस एपको सहयोगमा हमास वा अन्य आतङ्कवादी सङ्गठनहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको पहिचान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण