गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने
काठमाडौँ । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेँ । पदक पनि जितेँ । अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दैछु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धन्यवाद,’ उनले भने ।
गत भदौमा पनि गुणराज केही समय लिजेन्ड्स एकेडेमीसँग जोडिएका थिए । त्यसबेला उनले लिजेन्ड्समै विशेष प्रशिक्षण लिएका थिए । गुणराजले करिब १२ वर्ष ६ महिना सेनामा रहेर हालै राजिनामा दिएका थिए ।
करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धी भनेको एक वर्षअघि बैंककमै भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण पदक हो । उनले सेमी प्रोको पुरुष ५४ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।
त्यो स्वर्ण पदक नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एकमात्र स्वर्ण हो । १९औँ संस्करणअघि गुणराजले १७औँ र १८औँ संस्करणको विश्व च्याम्पियनसिपमा पनि कांस्य पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण