योजना अनुगमनमा जनप्रतिनिधिः मापदण्ड पुरा नहुदाँ समस्या
भक्तपुर । आर्थिक वर्षको अन्त्य हुन केही दिनमात्र बाँकी रहेको छ । त्यसलै विकास निर्माणका कार्यहरु धमाधम भइरहेका छन् । भक्तपुको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरु धमाधम योजना अनुगमनमा सक्रिय भइरहेका हुन ।
१० वटा वडा रहेको यस नगरपालिकामा हाल विभिन्न विकास निर्माणका योजनाहरु चलिरहेका छन् । नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक रविन्द्र सापकोटा नेतृत्व टोलीले सडक, खानेपानी, विद्यालय लगायतका पूर्वाधारको निरिक्षण गरेको हो । सापकोटा उक्त नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हुन् ।
वुधबार बिहानैदेखि वडा नम्बर ९ वडाअध्यक्ष उपेन्द्र केसीलाई इन्जिनियर जनक न्यौपानेसहितको टोलीले योजनाहरुको फरफारकको लागि अनुगमन गरेको संयोजक सापकोटाले बताए ।
विकासका योजना फरपार र नाप जाँचमा इन्जिनिरयसहितको टोलीले अनुगमन गर्दा कतिपय स्थानमा मापदण्ड पुरा नभएको भेटिएको छ । नगर कार्यपालिकाले पास गरेको सडक कार्यविधि–२०७४ अनुसार सबैभन्दा कम चौडाई भनेको ६ मिटर हुनुपर्ने भएपनि उपभोक्ता समितिले भने ४ मिटरमा नै सडक सीमा पर्खाल लगाएको भेटिएको छ ।
नगरपालिकाको सडक कार्यविधि–२०७४ अनुसार मुल सडक ६, ८, ११ र १५ मिटर चौडाईको हुनुपर्ने प्रावधान छ । यदि व्यक्तिको घर सडक विस्तारमा पर्ने देखिएमा घर नभत्काई उक्त स्थान खुल्ला स्थानमात्र लिएर सडकको स्तरउन्नती गरिने तर खुल्ला स्थानमा भने आवश्यक मापदण्ड पुरा गर्नुपर्ने कार्यविधि रहेको सापकोटाले बताए ।
सूर्यविनायक नगरपालिका केही स्थानमा सडक कार्यविधि नै पालना नहुँदा बजेट निकास गर्न समेत समस्य हुने देखिएको छ । नगरको १, ५, ६ र ९ नम्बर वडाहरुमा सडकको सीमांकन गर्दा ६ मिटर भन्दापनि कम भएपछि विनियोजित रकम दिन समस्या हुने जनप्रतिनिधिहरुको भनाई छ ।
स्थानीय बासिन्दाले सडक विस्तारमा झमेला गर्ने, मापदण्ड अनुसार बनाउन नदिने गर्नाले केहीमा समस्या भएको वडा नम्बर ९ का वडा अध्यक्ष उपेन्द्र केसीको भनाई रहेको छ ।
नगरपालिकाको मापदण्ड पुरा नगरी निर्माण भएका जुनसुकै पनि योजनाको भुक्तानी लागि नगर कार्यापालिकाको बैठकमा पेश हुने र त्यसले गर्ने निर्णय नै अन्तिम हुने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण