रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई

काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई प्रदान गर्ने भएको छ ।
यही चैत २३ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताए ।
सोही समारोहमा वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ ।
यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान साहित्यकार अभि सुवेदीलाई, वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार राजकुमार श्रेष्ठलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने जानकारी उनले बताए । प्रतिष्ठानको हालैको बैठकले उक्त निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?