कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
सारांश
- कोशी प्रदेशका भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयले सुशासनका लागि बेरुजु फर्छ्यौट अभियान सुरु गरेका छन्।
- भौतिक पूर्वाधार मन्त्रालयले ३६ करोड ५१ लाख बेरुजुमध्ये १८ करोड ५९ लाख फर्छ्यौट गरेको छ, भने स्वास्थ्य मन्त्रालयले पनि बेरुजु घटाएको छ।
विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सुशासन कायम गर्न भन्दै बेरुजु फर्छ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुवै मन्त्रालयमा मन्त्री भने भूपेन्द्र राई छन् । मन्त्रालयले महालेखापरीक्षकको कार्यालयको सहकार्यमा अभियान थालेका हुन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजुलाई यसअघि नै उल्लेख्य घटाएको थियो । साना–सान कुरामा परिवर्तन गर्न नसक्दा बेरुजु बढेको महालेखा परीक्षकको कार्यालयका महानिर्देशक बालकृष्ण थापाको बताए । उनले साना सान कुरा परिवर्तन गर्न सके बेरुजु घट्ने बताए । मन्त्री राईले नेतृत्व समालेपछि भने सुधार आएको उनले दाबी गरे ।
समय दिन नसक्दा बेरुजु बढेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह बताउँछन् । साहले अब बेरुजु घटाउने र आउन नदिने गरी काम गर्ने समेत उनले बताए । ‘हप्तामा नत्र १५ दिनमा यही विषयमा हामी अब छलफल गर्छौ,’ उनले भने ।
राजनीतिकर्मी र कर्मचारीले ध्यान नदिँदा व्यवस्थामाथि जनस्तरबाट प्रश्न उठेकाले सुशासनमा ध्यान दिएको मन्त्री भूपेन्द्र राईको भनाइ छ । राईले सङ्घीयतापछि विकास अघि बढे पनि सुशासन गर्न नसकिएको पनि बताए । राजनीतिकर्मी र कर्मचारी दुवैप्रति नागरिकको दृष्टिकोण राम्रा नभएकाले सुशासनसहितको विकास चाहिएको उनले बताए ।
गत आर्थिक वर्ष २०८०/८१ सम्ममा भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ५९ लाख ५९ हजार ७५३ रुपैयाँ बेरुजु असुल गरेको छ । सो मन्त्रालयको जम्मा बेरुजु रकम २ अर्ब ३९ करोड ८ लाख ८० हजार ७०२ रुपैयाँ थियो ।
सो रकममध्ये ३९ करोड ७९ लाख ९० हजार ४३७ रुपैयाँ बेरुजु घटाएको मन्त्रालयले दाबी गरेको छ । यस्तै प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजुलाई उल्लेख्य घटाएको छ ।
नियमित गर्नुपर्ने ३७ करोड ६२ लाख ७८ हजारमध्ये १४ करोड १२ लाख ८४ हजार ९८३ रुपैयाँ नियमित गरेको र असुल गर्नुपर्ने ३ करोड ५ लाख १ हजार ३२८ मध्ये ५३ लाख ६७ हजार ७८६ रुपैयाँ असुल भएको मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले १४ करोड ६६५ लाख ५२ हजार ४७० रुपैयाँ बेरुजु रकम घटाएपछि ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ बेरुजु कायम भएको जनाएको छ । दुवै मन्त्रालयको जिम्मा मन्त्री भूपेन्द्र राईले लिएका छन् । आफू मन्त्रालयमा आएपछि बेरुजु घटाउन तदारुकता दिएको उनले बताए । आगामी दिनमा पनि बेरुजु घटाउने अभियान जारी रहने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण