बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए ।
“भम्का गाउँका करिब ३०० जनता लठ्ठा चुँडिएको झोलुङ्गे पुलबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्”, वडाध्यक्ष खड्काले भने, “पुल मर्मतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसम्म अनुरोध गरियो तर हालसम्म बन्ने सुरसार देखिएको छैन ।”
तीन सय मिटरभन्दा लामो पुल निर्माण तथा मर्मत कार्य सङ्घीय सरकारबाट हुने भएकाले सम्बन्धित निकायमा झोलुङ्गे पुलको आवश्यक जानकारी तथा स्थलगत प्रतिवेदन बुझाउने काम भए पनि मर्मतसम्भारको काम हुन नसकेको वडाध्यक्ष खड्काको भनाइ छ ।
झोलुङ्गे पुल मर्मत नहुँदा भम्का गाउँबाट वडाको केन्द्र कुसुम बैरिया बजार किनमेलका लागि आउने सर्वसाधारण र विद्यार्थीलाई समस्या भएको स्थानीय अगुवा नरेन्द्र कार्कीले बताए ।
भम्का पुल मर्मतसम्भारका लागि विभागले सम्बन्धित ठाउँमा गएर अनुगमन गरी प्रतिवेदन पेस गरिसकेको बाँके क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य ढकालले बताए।
प्रतिवेदन अर्थ मन्त्रालयमा पुगिसकेकाले अब छिट्टै बजेट निकासा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण