चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, ११ : ४५
-_FnKOrpBZL0.jpg)
समाचार सारांश
- चितवनको भरतपुरमा बुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ।
- ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गर्दा दाजुको छोरा र आफ्नी छोरीको ज्यान गएको हो।
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी छोरीको हत्या गरेका हुन् ।
आक्रमणबाट गम्भीर घाइते भएका सजन गिरी र प्रभा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् । उनको अहिले उपचार हुँदैछ । चितवनका एसपी गोविन्द पुरी चितवन मेडिकल कलेजमा पुगेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी