चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, ११ : ४५
सारांश
- चितवनको भरतपुरमा बुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ।
- ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गर्दा दाजुको छोरा र आफ्नी छोरीको ज्यान गएको हो।
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी छोरीको हत्या गरेका हुन् ।
आक्रमणबाट गम्भीर घाइते भएका सजन गिरी र प्रभा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका हुन् । उनको अहिले उपचार हुँदैछ । चितवनका एसपी गोविन्द पुरी चितवन मेडिकल कलेजमा पुगेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण