गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

सिरहा । गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको सङ्ख्याअनुसार तीन सय ३० थान ‘सिलिङ्ग पङ्खा’ वितरण गरेका हुन् ।
नगरपालिकाले आफ्नो १५औँ नगरसभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पङ्खा वितरण गरिएको नगरप्रमुख चौधरीले बताए । उनले भने,“चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको हो । पङ्खा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्ने छौँ ।”
लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् ।
कक्षा कोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पङ्खा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए । उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते