वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
सारांश
- वाइसीएल कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका लक्ष्मण ओली चयन भएका छन्। उनी ७१ सदस्यीय समितिको नेतृत्व गर्नेछन्।
- अध्यक्षका लागि रुकुमका ओलीसँगै जाजरकोटका विकास ओली र लोकेन्द्र राना आकांक्षी थिए, तर अन्ततः ओलीले बाजी मारे।
सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका लक्ष्मण ओली चयन भएका छन् ।
लामो रस्साकस्सीबिच अन्तमा उनको नेतृत्वमा ७१ सदस्यीय समिति सर्वसम्मत गरिएको हो ।
सोमबारदेखि सुरु भएको वाईसीएलको प्रथम सम्मेलन मङ्गलवार सम्पन्न गर्ने तयारी थियो । तर नेतृत्वमा रस्साकस्सी चलेपछि बिहीबार मात्रै सर्वसम्मत भएको हो ।
अध्यक्षमा रुकुमका ओलीसँगै सुर्खेतका विकास ओली, जाजरकोटका लोकेन्द्र राना आकाङ्क्षी थिए । विकास ओली र लक्ष्मण ओलीमध्ये एकको पक्षमा सर्वसम्मत गराउने गरी नेताहरूले छलफल चलाएका थिए । तर दुवै जना पछि हट्न नचाहेपछि रानालाई पनि दाबेदारका रूपमा अगाडि सारिएको थियो ।
तीन जनाबिच चुनावै हुने स्थिति आएको थियो । त्यसका पछाडि नेताहरूबिच आफ्नो मान्छे नेतृत्वमा ल्याउनका लागि प्रतिष्ठाको लडाइँ नै चलेको एक नेताले बताए । तर पार्टी हेडक्वाटरबाट जसरी पनि सर्वसम्मत गराउनुपर्ने निर्देशन अनुसार अन्तमा रुकुम पश्चिमका ओलीलाई नै अध्यक्ष चुनिएको ती नेता बताउँछन् ।
कर्णालीमा माओवादी उपमहासचि जनार्दन शर्माको दबदबा छ । पछिल्लो पटक विद्यार्थीको चुनावपछि धेरै नेताहरूले गुट बदलेको चर्चा छ । अध्यक्षका दाबेदार अन्य दुई जना हेडक्वार्टर अर्थात् कर्णालीका शक्ति बस्नेत लाइनका चिनिन्छन् । रुकुमका ओली भने जनार्दन शर्मा निकट हुन् ।
यस्तै उपाध्यक्षमा प्रतिमा वली, हंस बस्नेत, विशाल रोकाय, सचिवमा लोकेन्द्र राना, सहसचिव प्रेमबहादुर नेपाली, दीपक विष्ट, कृष्णा शाही, रमेश बुढाथोकी, प्रयागराज दाहाल, हरिकृष्ण रावत, सूर्य फडेरा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा तिलक पाण्डे चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण