नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, १८ : ४८

बुटवल । पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका अनुसार मृत्यु हुनेमा मिरा बयम्बु र दुर्गाबहादुर पुन रहेका छन् ।
रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन् । हावाहुरी चलेपछि रुखमा ओत लागेका सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनलाई रुखले च्यापेर मृत्यु भएको छ ।
घटनामा रुखले च्यापेर तीन जनालाई उपचारको लागि देवदह मेडिकल कलेज पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।