शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्‍यो उद्दार

शुक्रबार, ०२ जेठ २०८२, २२ : ०९
शुक्रबार, ०२ जेठ २०८२

कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० पृथ्वीचोक स्थित चाईनापुलबाट सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ । 

पहिचान नखुलेका अन्दाजी २१ वर्षिय युवकले शुक्रबार राती सेती नदीमा हाम फालेका थिए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९:३५ बजेको समयमा रोप रेस्क्यू प्रयोग गरि ती युवकको उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनका अनुसार अन्दाजी १ सय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा उद्दार गरिएका ती युवकलाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप