सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
शुक्रबार, ०२ जेठ २०८२, २२ : ०९
कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० पृथ्वीचोक स्थित चाईनापुलबाट सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।
पहिचान नखुलेका अन्दाजी २१ वर्षिय युवकले शुक्रबार राती सेती नदीमा हाम फालेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९:३५ बजेको समयमा रोप रेस्क्यू प्रयोग गरि ती युवकको उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
उनका अनुसार अन्दाजी १ सय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा उद्दार गरिएका ती युवकलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण