प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ । चेल्सीले घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको हो ।
चेल्सीलाई जिताउन मार्क कुकुरेलाले निर्णायक गोल गरे । म्यान्चेस्टर युनाइटेडका ह्यारी म्यागुइरले १६ औं मिनेटमा गरेको प्रहार भने भीएआरले विफल गरिदियो ।
लिगमा जम्मा अब एक खेल खेल्न बाँकी हुँदा चेल्सी अंक तालिकाको चौथो स्थानमा छ । ६६ अंक बटुलेको चेल्सीले आफुलाई च्याम्पियन्स लिगका लागि लगभग सुरक्षित गरेको छ ।
यद्यपि, यो जितले मात्रै चेल्सीलाई शीर्ष पाँचभित्र सुरक्षित हुन पर्याप्त हुने छैन । ३८ औं खेल पनि जित्न जरुरी छ । कारण, माँचौ स्थानमा रहेको एस्टन भिल्लाको समेत अंक बराबर छ भने छैठौं स्थानमा रहेको म्यान्चेस्टर सिटीको समेत एक अंक मात्रै कम छ ।
एस्टन भिल्लाले टोटनह्यामलाई २-० गोल अन्तरले हराउँदै आफुलाई शीर्ष पाँच भित्र अर्थात् च्याम्पियन्स लिगका लागि सुरक्षित गर्ने सम्भावना बढाएको छ । म्यान्चेस्टर युनाइटेड र टोटनह्याम भने १६ औं र १७ औं स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण