लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठकमा पेस भएको प्रदेश सामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ।
प्रदेश सभाको छैठौं अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
छलफलमा भाग लिँदै लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, राजु प्रसाद श्रेष्ठले प्रदेश सरकारले गर्दै राजश्व सङ्कलनको दर भन्दा दायरालाई फराकिलो बनाउनु पर्ने, सरकारले अर्थतन्त्रको आधारको खोजी गर्नुपर्ने, सम्भावनाहरूको प्राथमिक रण लागतका विषयमा जोड दिएका थिए ।
यस अघि प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य कन्यहा बानिया, चन्द्रकेश गुप्ता लगायत चालु आर्थिक वर्षको पुँजीगत खर्चको अवस्थालाई जोड दिनुपर्ने, आउँदो नीति तथा कार्यक्रममा युवाहरूको विदेश पलाएन रोक्न विद्यालय स्तरमा पढ्दै कमाउँदै नीति समावेश गर्नुपर्ने, बर्दिया जिल्लामा हुने वन्यजन्तु र मानव बिचको द्वन्द्व समाधानका लागि उपयुक्त विकल्पको खोजी गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदेश सभाको आगामी चौथो बैठक जेठ ४ गते आइतबार दिउँसो १ बजे बस्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण