माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
बिहीबार, ०१ जेठ २०८२, २३ : २४

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत रुपम चयन भएका छन् । बिहीबार बसेको दलको बैठकले भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपम चयन गरेको हो ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । आजको बैठकले पुनः संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यो निर्णयसँगै माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद अन्त्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?
-
सङ्घीय निजामती सेवा विधेयकमा मागहरू नसमेटिएपछि नेपाल निजामती कर्मचारी युनियनको आपत्ति
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत