प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
सारांश
- पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डबीच टेलिफोन कुराकानी भयो।
- देउवाले माओवादीकाे मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफलताको शुभकामना दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए ।
देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए । ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ । उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ’, प्रेस सेन्टर नेपाल डडेलधुराले गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए ।
यद्यपि दुई नेताबिच टेलिफोन कुराकानी बिहान भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । अभियानको क्रममा देउवाको गृह जिल्लामा भएकाले जानकारीमूलक कुराकानी भएको आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण