शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु

शुक्रबार, ०२ जेठ २०८२, १८ : ५३
शुक्रबार, ०२ जेठ २०८२

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित क्वालिटी केम साबुन फ्याक्ट्रीमा मेसिनले च्यापिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रतुवामाई नगरपालिका–५ गोविन्दपुर स्थायी ठेगाना भएका अन्दाजी ३५–४० वर्ष उमेरका भीम राजबंशी रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घटना आज दिउँसो ४ बजेतिर भएको हो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी जोशीले जानकारी दिएका छन्।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र मृतकको विस्तृत विवरण संकलन कार्य भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप