साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
शुक्रबार, ०२ जेठ २०८२, १८ : ५३
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित क्वालिटी केम साबुन फ्याक्ट्रीमा मेसिनले च्यापिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रतुवामाई नगरपालिका–५ गोविन्दपुर स्थायी ठेगाना भएका अन्दाजी ३५–४० वर्ष उमेरका भीम राजबंशी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना आज दिउँसो ४ बजेतिर भएको हो। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी जोशीले जानकारी दिएका छन्।
प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र मृतकको विस्तृत विवरण संकलन कार्य भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण