कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
बिहीबार, २१ चैत २०८१, १३ : ५५

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ भत्केपाटीमा बुधबार दिउँसो चोरी भएको छ । ४५ वर्षीय राकेश अग्रवालको घरमा चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।
चोरले सुनको औँठी, पूजा सामाग्री तथा नगद गरी करिब ५ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।