वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्छ : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन् । बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगायत विज्ञहरूसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।
उनले सरकारले अरू निकायहरूसँग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गरे । बैठकमा वन मन्त्रालयमा प्रतिनिधिहरूले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरी सातामा दुई दिन बिदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले सबैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गरे ।
छलफलमा सरोकारवालाहरूले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायी लगायत सरोकारवाला मन्त्रालयको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण