जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले लियो थप अग्रता
शनिबार, २३ चैत २०८१, ०५ : ४५
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो पारेको छ । शुक्रबार राती भएको खेलमा आग्सबर्गलाई ३–१ ले हराउँदै अग्रता बलियो बनाएको हो ।
घरेलु मैदानमा आग्सबर्गले लिएको सुरुवाती अग्रता उल्ट्याउँदै बायर्नले खेल आफ्नो पक्षमा पार्यो । घरेलु टोलीका लागि दिमित्रियोस जियानोलिसले ३० औं मिनेटमा गोल गरेका थिए ।
बायर्नलाई जिताउन जमाल मुसियाला र ह्यारी केनले एक–एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पायो । इन्जुरी समयमा क्रिसलेन मत्सिमाले आत्मघाती गोल गरेका हुन् ।
यो जितपछि २८ खेलबाट बायर्नको ६८ अंक भएको छ । एक खेल कम खेलेको बायर लिभरकुजेनको ५९ अंक हो । यस्तै, तेस्रो स्थानको फ्र्यान्कफर्टको ४८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण