एउटा टिकटक भिडियोले कुचीकारबाट मोडल बनिन् यी युवती
बैंकक । भनिन्छ, मानिसको भाग्य फेरिन समय लाग्दैन । यो कुरा ठ्याक्कै बैंकककी एक कुचीकारमाथि लागु भएको छ । बैंककको सडक सफा गर्दै हिँड्ने एक युवती रातारात भाइरल बनेर चर्चित ब्रान्डहरूको मोडल बन्न सफल भएकी छन् ।
परिकथा जस्तै लाग्ने यो घटना दुई सन्तानकी एकल आमा २८ वर्षीया नोपाजित ‘मिन’ सोमबुनसातेको हो । यो कथा एक महिना अघि सुरु हुन्छ ।
रुसका फोटोग्राफर सेमयोन रेजचिकोभले उनलाई सडक सफा गर्दै गरेको बेला फेला पार्छन् । नोपाजितले भने सेमयोनलाई वास्ता नै गरेकी हुँदिनन् । उनी आफ्नै काममा व्यस्त हुन्छिन् ।

यता, नोपाजितको प्राकृतिक सुन्दरताबाट मन्त्रमुग्ध बनेका सेमयोनले उनलाई थाहा नै नदिई टाढाबाट उनको तस्बिर खिच्न थाल्छन् । पछि, सेमयोन नोपाजितको छेउमा पुगेर आफूले खिचेको तस्बिर देखाउँदै उनको सुन्दरताको तारिफ गर्छन् ।
यो सबै कुराको भिडियो उनले आफ्नो माेबाइलमा रेकर्ड गरिरहेका हुन्छन् । पछि उनले यस भेटको भिडियोलाई टिकटकमा पोस्ट गरेपछि त्यो चाँडै नै भाइरल हुन्छ ।
@semyonrezchikov ♬ som original - 𝑳𝒆𝒕𝒊𝒄𝒊𝒂 🇧🇷
मानिसहरू नोपाजितको सुन्दरता देखेर अवाक् बन्छन् । उनीहरू उनको बारेमा थप जान्न इच्छुक हुन्छन् । त्यसपछि मिडिया र मोडलिङ एजेन्सीहरूले उनको खोजी गर्न थाल्छन् ।
थाइल्याण्डका विभिन्न मिडियाहरूसँगको कुराकानीमा उनले आफू एक वर्षदेखि कुचीकारको काम गर्दै आएको बताएकी थिइन् । आफ्नो कामबाट सन्तुष्ट रहेको उनको भनाई थियो ।
मानिसहरूलाई आफूबारे यति चासो भएको देखेर उनले आश्चर्य पनि व्यक्त गरेकी थिइन् । सेमयोनसँगको आकस्मिक भेटपछि आफ्नो यस्तो धेरै चर्चा हुन्छ भनेर उनले सोचेको पनि थिइनन् ।

तर, यो त सुरुवात मात्र थियो । उनी यति भाइरल बनिन्, चर्चित थाई मेकअप आर्टिस्ट चाटचाई पिएनफापिचार्ट (नोङ चाट) ले उनलाई निःशुल्क मेकओभरका लागि प्रस्ताव राख्छन् । उनले एउटा सामान्य कुचीकार युवतीलाई थाई चलचित्र आर्ट अफ डेभिल २ की पात्र पानोरको रूपमा परिवर्तन गरिदिन्छन् ।
नोङ चाटको फोटोले नोपाजितलाई पुनः एकपटक भाइरल बनाइदिन्छ । उनी एकाएक थाइल्याण्डमा सबैभन्दा चर्चा गरिएकी पात्र बन्छिन् ।

त्यसपछि उनले नोङ चाटको कस्मेटिक ब्रान्डका लागि मोडलिङ गरिन् । यसपछि त झन् अन्य ब्रान्ड र मार्केटिङ एजेन्सीले उनलाई सम्पर्क गर्न थालेका थिए ।
उनले हालै आफ्नो कुचीकारको काम छाडेर नयाँ करियरतर्फ ध्यान दिन लागेको घोषणा गरेकी छन् ।

यसरी कुनै व्यक्तिको रातारात भाग्य परिवर्तन भएको पहिलो अवसर भने होइन । यसअघि, नाइजेरियाका घरविहीन युवक अलि ओलाकुनमी फेसन मोडल बनेका थिए ।
त्यस्तै, भारतको झोपडपट्टीमा बस्ने मलिसा खारवा एक अमेरिकी अभिनेतालाई भेटेपछि चर्चाको शिखरमा पुगेकी थिइन् । उता, एउटा फोटो भाइरल भएपछि फिलिपिन्समा भिख माग्दै हिँड्ने रिता गाभिओला सफल मोडल बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण