अमेरिका र यूरोपबिच अब कहिले होला ‘जिरो ट्यारिफ’ ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मित्र एवम् सहयोगी एलन मस्कले अमेरिका र युरोपबिच ‘जिरो ट्यारिफ’को अवस्था सिर्जना हुने आशा व्यक्त गरेका छन् । शनिबार इटालीका उपप्रधानमन्त्री मतेओ सल्भिनीसँगको प्रत्यक्ष छलफलमा मस्कले यस्तो भनेका हुन् ।
‘युरोप र अमेरिका दुवै शून्य ट्यारिफतर्फ अघि बढ्नु पर्छ भनेर सम्झौता हुनेछ भन्ने आस मलाई छ, जसले युरोप र अमेरिकाबिच स्वतन्त्र व्यापारको नेतृत्व गर्नेछ ।’ उनले भने ।
युरोप र उत्तर अमेरिका बिच यात्रा गर्न मानिसहरूलाई बढी स्वतन्त्रता हुनुपर्ने र यो निश्चित रूपमा राष्ट्रपति ट्रम्पलाई आफ्नो सल्लाह भएको पनि उनले बताए । ट्यारिफ मात्रै होइन मस्कले युरोपको ‘दमनकारी’ नीतिहरूको पनि आलोचना गरे ।
यी नीतिहरूले युरोपलाई नयाँ व्यवसाय सुरु गर्न खराब ठाउँ बनाएको उनको भनाइ थियो ।
अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका कयौँ व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त भन्सार महसुल लगाएका थिए । ट्रम्पको यो कदमका कारण विश्व शेयर बजार चौपट भएको छ ।
विश्वव्यापी आर्थिक मन्दी निम्तने आशङ्का बढेको छ । अमेरिका समेत विश्वका कयौँ ठाउँमा ट्रम्पविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण