नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो

काठमाडौँ । हङ्कङमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । नेपाली टोलीले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कतारलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १७ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ५४ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।
नेपाली टोलीलाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले गतिलो सुरुवात दिएका थिए । यी दुईले ओपनिङ विकेटका लागि ८१ रनको साझेदारी गरे । कुशल भुर्तेलले ३८ रन बनाए । यस क्रममा उनले केवल १९ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए ।
अर्का ओपनर आसिफ शेखले पनि टोलीको खातामा ३३ रन थपे । उनले केवल २१ बलमा चारवटा छक्का हिर्काएका थिए । दुबै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र बसिर अहमदले नेपाललाई जितसम्म पु¥याएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले अविजित ३७ रन बनाए । उनले केवल २९ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान बसिर अहमदले पनि अविजित ३० रनको योगदान गरे । उनले ३३ बलमा दुई चौका प्रहार गरे । नेपालले अतिरिक्त रुपमा पनि १६ रन पायो । कतारका बलर मजिब उर–रहमानले दुई विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको कतारका लागि कप्तान इक्रमुल्लाह खानले अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ५४ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए ।
चौथो नम्बरका ब्याट्सम्यान साहजेब जमिलले पनि टोलीको खातामा ३१ रन थपे । विकेटकिपर ब्याट्सम्यान जमिलले २१ बलमा चार छक्का पनि प्रहार गरे । मजिब उर–रहमानले १९ बलमा एक चौकाको मद्दतले अविजित २० रन बनाए ।
मोहम्मद इर्शाद १८ रनमा अविजित रहे । उनले केवल सात बलमा दुई छक्का र एक चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान अरुमुगागणेश नागाराजनले पनि १३ रन बटुले । नेपाली टोलीका बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले एक–एक विकेट लिए ।
चार देशीय शृंखलामा नेपाल र कतारका अतिरिक्त हङ्कङ र कुवेताको पनि सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेल शनिबार आयोजक हङ्कङसँग खेल्नेछ ।
लिग चरणको समाप्तिपछि अंक तालिकको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल आगामी आइतबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन
-
एन्फाको साधारण सभामा भाग लिन गणेश थापालाई बाटो खुला