शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर

बुधबार, २७ चैत २०८१, १६ : ४५
बुधबार, २७ चैत २०८१

काठमाडौँ । नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ ।

त्यस्तै कृषि–बजार प्रणालीहरू, जलवायु–प्रतिरोधी र दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्ने जस्ता क्षेत्रहरूमा सहयोग मिल्नेछ । यो सम्झौताले खाद्य सुरक्षा सुनिश्चित गर्ने, किसानको जीविकोपार्जन बढाउने र वातावरणीय रूपमा दिगो कृषितर्फ काम गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

यसअघि मन्त्री अधिकारी र चौहानबिच दुई पक्षीय भेटघाट भएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र पारस्परिक लाभका लागि सहकार्यलाई थप बढवा दिने तरिकाहरूबारे छलफल गरे । मन्त्री चौहानले आज काठमाडौँमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप