‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
बेइजिङ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बिचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।
यसमा, मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि सावधानीपूर्वक यात्रा गर्नु, जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनिएको छ । यसमा चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ । यसैबिच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ ।
यसमा, विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको मूल्याङ्कन गर्न भनिएको छ । पछिल्लो समय चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किएको छ । जस्तालाई त्यस्तै व्यवहार गर्दै शृङ्खलाबद्ध रूपमा एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने नीतिका कारण दुवै देश व्यापार युद्धमा होमिएका छन् ।
अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्याउने निर्णय गरेको थियो । यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण