चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
चोङ्किङ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले बिहीबार चिनियाँ सरकारी टोलीसँगको वार्तामा उक्त कुरा बताएका हुन् ।
विचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै शर्माले नेपाल चीन सम्बन्धको ७० वर्ष पुगेको विषय समेत उल्लेख गरे । उनले माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिस्ट पार्टी भएको बताउँदै चिनियाँ र नेपालबिच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन् बलियो हुँदै गएको उल्लेख गरे ।
समाजवादको बाटो नेपालले अङ्गीकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन् आवश्यक रहेको समेत उनले बताए । नेपालमा अहिले बहुदलीय व्यवस्था भए पनि लक्ष्य समाजवाद भएको बताउँदै उनले यो तत्कालका लागि मात्र भएको जानकारी दिए । माओवादी केन्द्र समाजवादी विचारबाट विचलित नभएकोले चीनको साथ आवश्यक भएको धारणा समेत उनले राखे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउँदा आफ्नो सरकार हट्नु परेको उनको भनाइ थियो । चीनको विकासले नेपाललाई उत्साहित गरेकाले चिनियाँ विकास मोडल नेपालले अवलम्बन गर्नुपर्ने उनको भनाई थियो ।
छोङ्छिङ कृषि विज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एमओयु गरिसकेको उल्लेख गर्दै उनले यस्तो विषयले नेपाल चीन बिचको सम्बन्धलाई थप गहिरो बनाउँदै लाने समेत शर्माको भनाइ थियो । कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबिच एउटा छुट्टै सम्बन्ध बन्नेमा विश्वास रहेको उल्लेख गरे ।
कार्यक्रममा सीपीसी पार्टी स्कुलका पूर्व उपप्राध्यापक लुओ जिओ मोइले चीनको विकास र राष्ट्रपति सी जिन पिङले अवलम्बन गरेको बाटोको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा चीनले सदैव आफ्नो जनतालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी समेत दिइएको थियो । गोष्ठीमा देश र जनताको विकासको लागि कहिलेकाहीँ निर्मम पनि बन्नुपर्ने भन्दै आफ्नै नजिकको मान्छे भ्रष्टाचार गर्छ भने कडा कारबाही गर्न पनि पछि हट्न नहुने आफ्नो धारणा चीनले स्पष्ट पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण