सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान

शनिबार, ३० चैत २०८१, १९ : ३५
शनिबार, ३० चैत २०८१

काठमाडौँ । नेपाल पत्रकार मञ्चले विभिन्न विधामा रहेर कलम चलाउने १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान गरेको छ । मञ्चको शनिबार ललितपुरमा सम्पन्न  सातौँ महाधिवेशनका क्रममा यस्तो पुरस्कार तथा सम्मान गरिएको हो । 

यसमध्ये ६ जना पत्रकारलाई पुरस्कार तथा ९ जनालाई सम्मानपत्र प्रदान गरिएको छ । पुरस्कृत हुनेहरूमा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतलाई २५ हजार राशिको क्रियाशील पत्रकारिता पुरस्कार, अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई १५ हजार राशिको प्रताप स्मृति पत्रकारिता पुरस्कार, चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई ११ हजार १ सय ११ रुपैयाँ राशिको गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

त्यस्तै, चेतनराज पाण्डेलाई नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार, घनश्याम श्रेष्ठलाई डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार तथा टंककला तिमिल्सेनालाई बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबैको पुरस्कार राशी ५ हजार १ सय ११ रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

समारोहमा तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव वैकुण्ठ भण्डारी, क्रियाशील पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासङ्घका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का उपाध्यक्ष नविनसिंह नेपाली, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष चिरञ्जीवी अधिकारी, र नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) लाई कदर पत्र र दोसल्लासहित सम्मानित गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप